काठमाडौ । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आगामी सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको हो।
आन्तरिक बजारमा चिनीको मूल्य नियन्त्रणमा राख्न तथा पर्याप्त मौज्दात सुनिश्चित गर्न भारत सरकारले यस्तो निर्णय गरेको बताइएको छ।
