• Wednesday 7th of October 2026

देउवा समूहले खोल्यो अनामनगरमा सम्पर्क कार्यालय


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अनामनगरमा पार्टी कार्यालय स्थापना गरेको छ । देउवा समूहका नेता डा. प्रकाशशरण महतले साथीहरूलाई छलफल गर्न सम्पर्क कार्यालय बनाइएको बताए।

‘साथीहरू कहाँ बसेर छलफल गर्ने भन्ने स्थान नभएकाले सानो कार्यालय मात्रै खोलिएको हो । अन्य कुनै कारण होइन,’ डा. महतले रातोपाटीसँग भने।

उनले पार्टी विभाजन गर्नका लागि कार्यालय खोलिएको भन्ने हल्ला निराधार भएको बताए । ‘हामी निष्पक्ष महाधिवेशन चाहन्छौँ । संस्थापनलाई महाधिवेशनको वातावरण निर्माण गर्न आग्रह गरिरहेका छौँ,’ डा. महतले भने, ‘यो साथीहरू भेटघाट गर्ने स्थान बनाउनका लागि सम्पर्क कार्यालय बनाइएको हो।’

देउवा समूहकी नेतृ लक्ष्मी खतिवडाले नियमित महाधिवेशन पक्षधर समूहको छलफल गर्ने थलोका रूपमा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिइन्।

‘नियमित महाधिवेशन पक्षधर युवा कांग्रेसले जागरणका लागि सम्पर्क कार्यालय स्थापना गरेका हौँ । स्थापना गरेको दुई–चार दिन भयो,’ खतिवडाले भनिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖