काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी ले प्रधानमन्त्री बालेन्द्र शाह ले एक हप्ताभित्र प्रतिनिधिसभामा सम्बोधन गर्ने जानकारी दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा कहिले सम्बोधन गर्ने भन्ने विषय उठाएपछि सभामुख डोलप्रसाद अर्याल ले प्रमुख सचेतक बुर्लाकोटीलाई धारणा राख्न समय दिएका थिए ।
त्यसपछि बुर्लाकोटीले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्क गरेर विपक्षी सांसदहरूले उठाएको विषय जानकारी गराएको बताएका थिए । उनले “सम्भवतः प्रधानमन्त्री एक हप्ताभित्र सदनमा आउनेछन्” भन्ने जानकारी प्राप्त भएको उल्लेख गरे ।
