• Monday 5th of October 2026

रोड टु यूएफसीमा लिन्टोजोनलाई नकआउट गर्दै नेपालका रवीन्द्र ढाँट मुख्य स्टेजमा


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपालका चर्चित एमएमए फाइटर रवीन्द्र ढाँटले युएफसीको छनोट प्रतियोगिता रोड टु यूएफसी सिजन ५ मा पहिलो जित हासिल गरेका छन्।

विश्वकै प्रतिष्ठित यूएफसीको मुख्य स्टेजमा पुग्ने बाटो मानिने यस रोड टु यूएफसीमा रवीन्द्रले ब्यान्टमवेटमा प्रतिस्पर्धा गर्दै जित हासिल गरेका हुन्। उनले रोड टु यूएफसी सिजन ५ को क्वाटरफाइनलमा आज फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराएका हुन्।

मकाउको ग्यालेक्सी एरेनामा बिहीबार भएको खेलामा उनले दास्रो राउन्डमा अलिन्टोजोनलाई नकआउट गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। यस सिजन ५ को रोमाञ्चक भिडन्तको यो पहिलो दिन हो।

यस पटकको रोड टु यूएफसी सिजन ५ मा विभिन्न देशका शीर्ष एमएमए खेलाडीहरू यूएफसी कन्ट्र्याक्ट हात पार्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्दैछन्। यस ढाँचामा सञ्चालित यस प्रतियोगितामा दुई दिनसम्म लगातार रोचक भिडन्तहरू हुनेछन्।

आज पहिलो दिन चिनियाँ स्ट्राइकर रोङझु र अमेरिकाका भिक्टर मार्टिनेजबिच लाइटवेट तौल समूहमा प्रतिस्पर्धा भएको थियो। ढाँटले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖