• Wednesday 7th of October 2026

रास्वपाकै सांसदहरूले आशिका तामाङलाई संसद् बैठकबाट बाहिर निकालेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले आपत्ति जनाइरहँदा केही असहज स्थिति सिर्जना भएको छ ।

प्रधानमन्त्री बालेन शाहले आकस्मिक समय लिएर सांसदहरूको जवाफ दिन बैठकमा उपस्थिति भएपछि विपक्षीहरूले प्रक्रियाबारे प्रश्न उठाएका थिए । तर सभामुख डीपी अर्यालले आपत्ति जनाउने सांसदहरूलाई समय नदिएपछि चर्काचर्की चलेको थियो ।

सभामुख अर्यालले मर्यादा बाहिर गएर गतिविधि गरेको भन्दै सांसदहरू ऐन महर, ध्रुबराज राई र आरेन राईलाई चेतावनी दिएका थिए । त्यसैक्रममा सत्तारुढ सांसद आशिका तामाङले प्रतिवादमा आवाज उठाएकी थिइन् ।

आक्रमक शैलीमा प्रतिवाद गर्न खोजेपछि उनलाई रास्वपाकै सांसदहरूले बैठक हलबाट बाहिर निकालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖