• Thursday 8th of October 2026

धनकुटा बन्दको घोषणा


  • धनकुटा खबर
  • .

विराटनगर । आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहा नगरेको भन्दै पहिचान पक्षधरले धनकुटा बन्दको घोषणा गरेका छन् ।

प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण यातायातका साधन सञ्चालनमा समस्या भएको छ ।

बन्दका कारण धरानबाट भेडेटार हुँदै चल्ने सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

घोषित शान्तिपूर्ण आन्दोलनमा झुटा मुद्दा लगाएर ३ पहिचानवादीहरूलाई पक्राउ गरी नछाडेको भन्दै बन्दको घोषणा गरिएको हो ।

प्रहरीले राजारानीवाट मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई पक्राउ गरी गरेको छ ।-नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖