ईजरायलमा हमास आक्रमणमा परी अज्ञात रहेका कंचपुरका विपिन जोशीका बुवा आमाले आफ्नो छोराको तत्काल खोज गर्न पहल गरि दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।
ईजरायलमा वेपत्ता भएका जोशीका साथीहरुको भनाई अनुसार उनलाई हमास समूहले अपहरण गरी लगेको भन्ने बुझिएको छ । प्रधानमन्त्री प्रचण्डलाई उनका वुवा महानन्द जोशी, आमा पदमा जोशी, बहिनी पुष्पा जोशीले उनको रिहाईका लागि यथासिघ्र पहल गरि दिन हुन समेत अनुरोध गरेका छन् ।
विपिन सुदूर पश्मिाञ्चल विश्वविद्यालय टिकापुर बहुमुखी क्याम्पस कृषि संकायमा अध्ययन गरी (पढ्दै र कमाउदै) कार्यक्रम अन्तर्गत इजरायलमा गत भदौं २६ गते गएको र यही असोज २० गतेका दिने हमासमा भएको आक्रमणमा हालसम्म अज्ञात रहेका छन् ।-घनश्याम पौडेल/पश्चिम टुडे
