• Tuesday 6th of October 2026

सुकुम्बासीलाई सरकारविरुद्ध उकासेको आरोपमा भूमि आयोगका पूर्वउपाध्यक्ष पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं — सुकुम्बासीलाई सरकारविरुद्ध आन्दोलन गर्न उक्साएको आरोपमा भूमि आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नहेन्द्र खड्का पक्राउ परेका छन्।

प्रहरीले शनिबार कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट खड्कालाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा खड्काले सुकुम्बासीलाई सरकारविरुद्ध आन्दोलन गर्न उक्साएको प्रमाण फेला परेको दाबी गरिएको छ।

खड्का यसअघि सुकुम्बासी समस्या समाधान गर्न गठन गरिएको आयोगमा केन्द्रीय उपाध्यक्षका रूपमा कार्यरत थिए। उनी नेकपानिकट अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष समेत हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖