• Sunday 4th of October 2026

केप भर्डे फुटवलले मात्रै होइन, ‘एलजीवीटी क्यु हेभन’ले पनि उत्तिक छ चर्चित


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ असार । अफ्रिकाको चर्चा हुँदा प्रायः एलबिजीटी क्यु व्यक्तिहरूप्रति लक्षित कठोर कानुनहरूको विषय उठाइन्छ ।

 

अफ्रिकाका धेरैजसो मुलुकमा यसका लागि आजीवन कारावास देखि मृत्युदण्ड सम्मको सजायको व्यवस्था छ। यद्यपि, अफ्रिकी तट नजिकै ‘केप भर्डे’ नामक एउटा सानो टापु राष्ट्र अवस्थित छ। एलबिजीटी क्यु समुदायका लागि यो देश स्वर्गभन्दा कम छैन।

हालै यो देश फिफा विश्वकप २०२६ मा निकै चर्चित भयो । पहिलो पटक विश्वकपमा भाग लिएको यो मुलुकले विश्वकप बिजेता स्पेनलाई बराबरीमा मात्रै रोकेन, अर्जेन्टिनाबिरूद्द २ गोल गरेर उसले नयाँ किर्तिमान बनाए पछि यो सानो जनसंख्या भएको मुलुक यतिखेर विश्व चर्चामा रहेको छ । तर, यो मुलुक एलजीवीटी क्युका लागि पनि स्वर्ग हो भन्ने कुरा कमैलाई थाहा हुन सक्छ । यसका बारेमा थप जानौं । 

 

छिमेकी अफ्रिकी मुलुकहरू मध्ये ३० भन्दा बढी मुलुकमा समलिङ्गी सम्बन्धलाई अपराध मानिने भए तापनि केप भर्डेको अवस्था भने निकै भिन्न रहेको छ। केप भर्डेले सन् २००४ मै समलिङ्गी सम्बन्धलाई कानुनी मान्यता दिएको थियो। सन् २००८ मा रोजगारदाताहरूलाई कर्मचारीहरूको यौन अभिमुखीकरणका आधारमा भेदभाव गर्नबाट रोक्ने कानुन लागू गरियो। आज दक्षिण अफ्रिकालाई समेत पछि पार्दै यो सम्पूर्ण अफ्रिकी महाद्वीपमै एलबिजीटी क्युं व्यक्तिहरूका लागि सबैभन्दा सुरक्षित र उदार मुलुक बनेको छ। यहाँका मानिसहरू आफ्नो पहिचान लुकाउँदैनन्, बरु, तिनीहरू गर्वका साथ बाँच्छन्।

 

२९ वर्षीय लियो एक प्रतिभाशाली मेकअप कलाकार हुन्। उनी आफूलाई मनपर्ने लुगा लगाउँछन्, मेकअप लगाउँछन् । डर र लाज बिना आफ्नो काममा लाग्छन्। लियो भन्छन्, ‘मलाई थाहा छ हामी जस्ता मानिसहरूको अवस्था अफ्रिकाका अन्य भागहरूमा भयानक छ तर म केप भर्डेमा हुन पाउँदा आफूलाई भाग्यमानी ठान्छु।’ उल्लेखनीय कुरा के छ भने लियोकी आमाले पनि उनको काममा पूर्ण रूपमा समर्थन गर्छिन्।

 

यसैबीच, ३७ वर्षीय वाल्टर एक विद्यालय शिक्षक हुन् र उनी खुलेरै समलिङ्गी (गे) भएको कुरा बताउँछन्। विद्यार्थीहरूले उनलाई निकै सम्मान गर्छन् र उनी कक्षाकोठामा उनीहरूसँग एलजीबिटी क्यु सम्बन्धी विषयहरूमा खुलेर कुराकानी गर्छन्। उनी भन्छन् कि यो देश अब उनका लागि स्वर्गजस्तै छ, एउटा यस्तो ठाउँ जहाँ उनी पूर्ण रूपमा स्वतन्त्र छन्।

 

केप भर्डे सरकारको अडान पनि एकदमै स्पष्ट छ। परिवार तथा सामाजिक समावेशीकरण मन्त्री फर्नान्डो एलिसियो फ्रेरे भन्छन, ‘हाम्रो देश उदार सोच राख्ने मुलुक हो। यहाँ कानुनको नजरमा सबैले समान सम्मान पाउँछन्। कसलाई प्रेम गर्ने भन्ने कुरा व्यक्तिगत स्वतन्त्रताको विषय हो र सरकारले यो स्वतन्त्रतामा कुनै सम्झौता गर्ने छैन।’

सबै कुरा यति सकारात्मक भए तापनि समाजमा अझै पनि केही चुनौतीहरू विद्यमान छन् ।

 

सिन्जी, एक २९ वर्षीया ट्रान्स महिला हुन्, जसले आफ्नो रेस्टुरेन्टको जागिर छोड्नुपरेको थियो किनभने उनका रोजगारदाताले उनले काममा महिलाको पहिरन वा मेकअप प्रयोग गरेको रुचाउँदैन थे। यद्यपि, अहिले उनी आफ्नै व्यवसाय सञ्चालन गरिरहेकी छिन् र खुसी छिन्।

३१ वर्षीया शिक्षिका जेनेट आफ्ना विद्यार्थीहरूमाझ निकै लोकप्रिय छिन् तैपनि सडकमा हिँड्दा उनले अझै पनि कतिपय मानिसहरू, विशेष गरी पुरुषहरू, बाट अनौठा दृष्टि वा व्यङ्ग्यको सामना गर्नुपर्छ। यहाँसम्म कि उनकी आफ्नै आमाले पनि उनलाई जस्ती छिन्, त्यसै रूपमा पूर्ण रूपमा स्वीकार गरिसकेकी छैनन्।

 

यद्दपी, केप भर्डेले हासिल गरेको उपलब्धि सम्पूर्ण अफ्रिकी महादेशका लागि एउटा उदाहरण बनेको छ।

 

जनेटले एकदमै सान्दर्भिक कुरा उठाएकी छिन्, ‘यहाँ हामीसँग धेरै स्वतन्त्रता छ तर मानिसहरूको सोचाइमा अझै परिवर्तन आउन बाँकी नै छ। यदि मानिसहरूले हामीलाई स्वीकार गर्छन् भने ठीकै छ, नत्र भने उनीहरू हाम्रो जीवनको हिस्सा बन्दैनन्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖