• Sunday 4th of October 2026

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस्


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ साउन । भुइँ पुछ्ने काम त दैनिक रूपमै गरिन्छ तर मनसुनको मौसममा भने निकै ओसिलो र उकुसमुकुस लाग्ने खालको वातावरण हुन्छ। घर जतिसुकै राम्ररी सफा गरे पनि झिँगा, लामखुट्टे र कमिलाहरू कतै न कतैबाट भित्र आइपुग्छन् नै। केही समय देखी धेरैले घरमा ठ्याक्कै यस्तै समस्याको सामना गरिरहेका छन् ।  दिनहुँ भुइँ पुछ्दा पनि लामखुट्टे र झिँगाहरू वरिपरि घुमिरहन्थे अनि भान्साकोठामा कमिलाको ताँती देखिन्थ्यो।

 

यस्तो अवस्थामा घरेलु उपाय अपनाउनु निकै लाभदायक साबित भयो । यसले घरलाई ताजगी दिने सुगन्धले मात्र भरि दिएन, बरु कीरा फट्याङ्ग्राको समस्यालाई पनि उल्लेख्य रूपमा कम गर्‍यो। यदि तपाईं पनि रसायनयुक्त ‘रूम फ्रेसनर’ वा स्प्रेको प्रयोगबाट बच्न चाहनुहुन्छ भने भुइँ पुछ्ने पानीमा यी तीन सामग्रीहरू मिसाएर हेर्न सक्नुहुन्छ। यो घरेलु उपाय निकै प्रभावकारी हुनेछ।

 

निमको तेल
निमलाई प्राकृतिक रूपमा कीरा फट्याङ्ग्रा भगाउने तत्व मानिन्छ। भुइँ पुछ्न प्रयोग गरिने एक बाल्टिन पानीमा निमको तेलका ८ देखि १० थोपा मिसाउनु होस्। यसको गन्धले झिँगा, लामखुट्टे र विभिन्न साना कीराहरूलाई टाढा राख्न मद्दत गर्छ। साथै, निमको तेलले भुइँलाई प्रभावकारी रूपमा सफा पनि गर्छ।

 

कपुर
कपुरको कडा सुगन्धले वातावरणलाई ताजा बनाउनुका साथै लामखुट्टे भगाउन पनि मद्दत गर्छ। दुई तीनवटा कपुरका चक्कीहरूलाई पिसेर भुइँ पुछ्न प्रयोग गरिने पानीमा मिसाउनुहोस्  । यसले घरलाई सुखद र सफा महसुस गराउँछ।

 

कागतीको रस
कागतीको स्फूर्तिदायी सुगन्धले घरको वातावरणलाई ताजगीपूर्ण बनाउँछ। साथै, यसको कडा गन्धले कमिलाहरूलाई टाढा राख्छ। भुइँ पुछ्न प्रयोग गरिने पानीमा तपाईं आधा वा पूरै कागती निचोरेर हाल्न सक्नुहुन्छ। यो उपाय झिँगा र लामखुट्टे भगाउन पनि निकै प्रभावकारी हुन्छ।

 

यी तीनवटाको प्रयोग कसरी गर्ने ?
भुइँ पुछ्न प्रयोग गरिने पानीमा यी तीनवटै सामग्री मिसाउनुहोस् र पूरै घर पुछ्नु होस्। भान्सा, बार्दली तथा ढोका र झ्याल वरपरका ठाउँहरू पुछ्न विशेष ध्यान दिनुहोस् किनकि यिनै ठाउँहरूबाट कीरा फट्याङ्ग्रा भित्र पस्ने गर्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖