• Thursday 8th of October 2026

भारतले नेपालका लागि कोटा तोकेर चामल निर्यात खोल्यो नेपालले ९५ हजार टन चामल आयात गर्न पाउने


  • धनकुटा खबर
  • .

काठमाण्डाै – भारतले नेपालका लागि कोटा तोकेर चामालको निर्यात खुला गरेको छ । भारतको वाणिज्य विभागले निकालेको सूचनामा नेपालका लागि ९५ हजार टन चामल निर्यातको अनुमति दिइएको उल्लेख छ ।

यो चामलको निर्यात भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत हुनेछ । भारतले गएको साउनको पहिलो हप्ता बासमती बाहेकका चामलको निर्यातलाई रोक लगाएको थियो । भारतले आफ्नो स्थानीय बजारमा मूल्यवृद्धि रोक्न भन्दै निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चामलको भाउ बढेको थियो । नेपाल सरकारले एक लाख टन चामल आयातको अनुमति दिन माग गर्दै भारत सरकारलाई पत्र लेखेको थियो ।

भारतले नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्स, गिनी र सेशेल्सका लागि कोटा तोकेर चामल निर्यात खुला गरेको हो ।
अन्तिम अपडेट: कात्तिक १, २०८०

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖