• Thursday 8th of October 2026

महिलालाई क्याबिन सिटमा नराख्न यातायात व्यवसायी महासंघको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातका क्याबिन सिटमा महिला यात्रुलाई नराख्न देशभरका यातायात व्यवसायीलाई निर्देशन दिएको छ।

महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’का अनुसार महिला यात्रुको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। महिलाका लागि सुरक्षित सिटको व्यवस्था गर्न यातायात कर्मचारीलाई निर्देशन दिइएको उनले बताए।

दसैँ–तिहारलगायत चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङमै महिला यात्रुलाई क्याबिनमा राख्ने प्रवृत्तिमाथि निगरानी बढाइएको महासंघले जनाएको छ।

महासंघले टिकट काट्दा नै यात्रुहरूलाई आफ्नो सिट नम्बर र स्थानबारे सुनिश्चित हुन आग्रह गर्दै महिला यात्रुका लागि सुरक्षित सिट व्यवस्था गर्न टिकट काउन्टरहरूलाई निर्देशन दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖