• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना भनाइ वा गतिविधिका कारण प्रायः चर्चामा आइरहन्छन्।

 

हालै उनले अमेरिकी सेनामा कार्यरत व्यक्तिहरूका परिवारसँग सम्बन्धित एउटा यस्तो कदम चालेका छन्, जसले व्यापक चर्चा पाइरहेको  छ। विशेष गरी, उनले हालै अमेरिकी सेनामा कार्यरत अमेरिकी सैनिकहरूका दर्जनौं अभिभावक तथा जीवनसाथीहरूलाई नियन्त्रणमा लिएका छन्।

 

अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसा। राष्ट्रपति ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी कारबाहीलाई तीव्र पार्ने क्रममा बहालवाला अमेरिकी सैनिकहरूका दर्जनौं अभिभावक तथा जीवनसाथीहरूलाई नियन्त्रणमा लिएका हुन । प्रशासनको यो कदम, सैन्य परिवारहरूलाई सामान्यतया आप्रवासन सम्बन्धी कारबाहीको दायराबाट बाहिर राख्ने दशकौं पुरानो दुवै दलको अभ्यासविपरीत छ।

 

समाचार अनुसार सन् २०२५ को जनवरीमा अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि सत्तामा फर्किए यता डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी सेनामा कार्यरत सैनिकहरूका ५१ जना अभिभावक तथा जीवनसाथीलाई नियन्त्रणमा लिएको छ भने कम्तीमा ६ जनालाई देश निकाला गरिसकिएको छ। 

यसैबीच, अनुसन्धानका अनुसार कम्तीमा ८ वटा निकट परिवारका सदस्यहरू संघीय आप्रवासन नियन्त्रणमा छन्। यद्यपि, अमेरिकी सरकारले यस्ता घटनाहरूको विवरण अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरेको छैन्।

 

यो व्यवस्था दशकौंअघि अमेरिकाका दुवै प्रमुख दलको सहमतिमा स्थापना गरिएको थियो। यस नीतिअन्तर्गत, अमेरिकी सेनामा कार्यरत सैनिकहरूका अभिभावक, जीवनसाथी र निकटतम परिवारका सदस्यहरूलाई आप्रवासन सम्बन्धी प्रक्रियाका क्रममा सामान्यतया देशनिकालाबाट संरक्षण प्रदान गरिन्थ्यो। 

 

तर, ट्रम्प माथी हालै गरिएको अनुसन्धानले के देखाएको छ भने हाल धेरै व्यक्तिहरूलाई सैनिक परिवारका लागि उपलब्ध कानुनी माध्यमहरू प्रयोग गरी आफ्नो आप्रवासनको हैसियत परिवर्तन वा नियमित गर्ने प्रयास गरिरहँदा महिनौँसम्म हिरासतमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖