काठमाडौं । अरनिको र बीपी राजमार्गमा दिनको समयमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार भएको छलफलमा दशैंको समयमा सवारीको बाक्लो आवतजावत हुने र ट्राफिक व्यवस्थापन गर्न जटिलता उत्पन्न हुने भएकाले भोलिदेखि दिनको समयमा टिपर चलाउन रोक लगाउने सहमति भएको छ । जिप्रका काभ्रेको सूचनाअनुसार भोलि बुधबारदेखि विहान ५ बजेदेखि राति ९ बजेसम्म टिपर सञ्चालनमा गर्न पाइने छैन ।
साथै गाडीको गति सीमित बनाउने, लेन अनुशासन पालना गर्ने र प्रेसर हर्न नबजाउने पनि सहमति भएको छ ।
