• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गोरखामा फेरि थुनियो बूढीगण्डकी नदी


  • धनकुटा खबर
  • .

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदी पुनः थुनिएको छ। नदीमा पछिल्लो १५ मिनेटदेखि जलप्रवाह नदेखिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

यसअघि आएको बाढीले गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो। पैयू र बगर गाउँका ३५ घर बाढीले बगाएको छ भने दोभान, घट्टेखोला, जगत् र सल्लेरीलगायतका गाउँमा व्यापक क्षति पुगेको छ।

आइतबार बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए। नदी फेरि थुनिएपछि तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढ्न सक्ने आशंका गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖