काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। शनिबार राति ९ बजेदेखि सुरु भएको मतगणनामा हालसम्म २ हजार २३१ मत गणना भएको छ।
पछिल्लो मतपरिणामअनुसार समावेशी उपसभापतितर्फ उद्योगपति तथा नेता विनोद चौधरीले झिनो अग्रता बनाएका छन्।
चौधरीले ६१५ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका जीवन परियारले ५७८ मत पाएका छन्। चौधरी र परियारबीच ३७ मतको अन्तर छ।
त्यस्तै, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्।
