• Tuesday 3rd of November 2026

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ


  • धनकुटा खबर
  • .

डोल्पा । डोल्पाको जिल्ला कारागारबाट फरार भएका दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको छ ।

जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिका–३, दुनैस्थित जिल्ला कारागारबाट गत कात्तिक १४ गते बिहान करिब ६ बजे ६ जना कैदी र २ जना थुनुवा गरी ८ जना फरार भएका थिए ।

फरार भएकाहरूको खोजतलास गर्ने क्रममा जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका दुई जनालाई रुकुम पश्चिमबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर कामी र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम राना रहेका छन् ।

कामीलाई १८ वर्ष कैद सजाय तोकिएकोमा १३ वर्ष र रानालाई १२ वर्ष कैद सजाय तोकिएकोमा ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई डोल्पा कारागार ल्याउने तयारी भइरहेको छ । कारागारबाट फरार भएका अन्य कैदी तथा थुनुवाको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖