• Sunday 29th of November 2026

आफु संगको फोटो देखाएर टिकटको दाबी नगर्न रविको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूलाई स्वागत गर्दा खिचिएका तस्बिर देखाएर आगामी निर्वाचनमा उम्मेदवारीको दाबी नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रममा उनले ‘म नजिक छु, टिकट मैले पाउँछु’ भन्दै फोटोको दुरुपयोग नगर्न चेतावनी दिए ।

उनले पार्टीलाई ‘झोले युग’बाट बाहिर निकाल्न झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्न तथा पार्टीका बैठकमा अनुमति बिना मोबाइल नचलाउन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖