• Tuesday 6th of October 2026

पारा एसियाली खेलकुदमा पलेशाले नेपाललाई दिलाइन् ऐतिहासिक पदक


  • धनकुटा खबर
  • .

काठमाडौ । पलेशा गोवर्धनले चीनको हाङझावमा जारी चौथो पारा एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी छन् ।

पलेशाले पारा तेक्वान्दोको महिला ५७ केजी मुनि के–४४ तर्फ क्वाटरफाइनलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गरिन् । यससँगै उनले काँस्य पदक जितिन् ।

सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी खेलाडीसँग १६–१० ले पराजित भएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖