• Tuesday 6th of October 2026

युएईविरुद्ध नेपाललाई चौथो सफलता


  • धनकुटा खबर
  • .

आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले चौथो विकेट गुमाएको छ।

नेपालका लागि कुशल मल्लले चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे। त्यतिबेला युएईले १३.४ ओभरमा ८८ रन जोडेको थियो।

त्यसअघि नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परेका छन्।

युएईका दुवै ओनपर आउट भइसकेका छन्। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन्।

सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे।

यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकी नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖