• Thursday 8th of October 2026

नक्कली पेस्तोल देखाएर धम्की दिने साजन पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाबाट नक्कली पेस्तोल देखाएर धम्की दिने स्थानीय १९ वर्षीय युवकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका – १५ शिखरपानी बस्ने १९ वर्षीय साजन स्याङतान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार साजनले शिखरपानी क्षेत्रमा प्यास्टिकको नक्कली पेस्तोल देखाएर धम्की दिएका थिए ।

उनलाई नक्कली पेस्तोल सहित नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖