• Thursday 8th of October 2026

काठमाडौंमै नक्कली नोट कारोबार, मेसिनसहित एकजना पक्राउ


  • धनकुटा खबर
  • .

कैलाली । काठमाडौँमा नक्कली नोटको कारोबार हुने गरेको तथ्य फेला परेको छ । प्रहरीले नक्कली नोटमेसिन र अन्य सामाग्रीसमेत एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. ६ सरस्वती नगर नजिक नक्कली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

डोल्पा भिजेर ८ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ०६ माहांकाल सेचेन गुम्बा बस्ने २९ को कार्मा लुण्डुप गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीबाट नक्कली पैसा फोटोकपी गर्ने मेसिन, डिजिटल सानो तराजु, मोबाइल , नक्कली नोट २ लाख २५ हजार, नेपाली नोट २६ हजार ८००, ल्यापटप र पैसा छाप्न प्रयोग हुने मसिको बट्टा बरामद गरेको जनाएको छ ।

गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖