काठमाडौं । नेपाली महिला टोलीले हङकङमा हुने चार देशसम्मिलित ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा तान्जेनियाको सामना गर्ने भएको छ ।
नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ मा हुनेछ । यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर दुई गते जापानको सामना गर्नेछ ।
कात्तिक २९ देखि मंसिर ३ सम्म हुने शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् ।
शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । यसैगरी पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् ।
