• Friday 9th of October 2026

यि रहेछन् शसस्त्रका प्रहरीलाई गोली हानेर मार्ने ब्यक्ति


  • धनकुटा खबर
  • .

दाङमा वन्यजन्तु चोरी शिकारी गर्ने व्यक्तिले हानेको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको खुलेको छ ।

दाङको घोराही उपमहानगरपालिका ७ हर्नियाका ३० वर्षीय सशस्त्र प्रहरी जवान जुगारु चौधरीको मृत्यु गोली लागेर भएको पुष्टि भएको हो ।

यसअघि रुखबाट लडेर उनको मृत्यु भएको स्थानीयले बताएका थिए । तर पछि उनको शरीरमा गोली लागेको खुलेसँगै अनुसन्धानका क्रममा प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले बताए ।

पक्राउ पर्नेमा घोराही–५ बरलाबोटका ५५ वर्षीय शेरबहादुर केसी रहेका छन् । भरूवा बन्दुकसहित शनिबार बिहान पक्राउ परेका केसीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ ।

मालुको पात खाँदै गरेको जंगली जनावर ठानेर गोली हानेको तर मान्छे ढलेको देखेपछि आफू भागेको आरोपितले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖