• Friday 9th of October 2026

ऋण तिर्न हजारको नोट फोटोकपी, पठाओ चालकले नक्कली नोट थाहा पाएपछि सेनाका ‘मोची’ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली सेनाको ‘मोची’ पदमा कार्यरत एक कर्मचारी नक्कली नोट कारोबार गरेको अभियोगमा पक्राउ परेका छन्।

सेनाको पुरानो गोरख गण नारायणहिटीमा कार्यरत विरेन्द्र कुमार रामलाई प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको हो। उनी विरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ। प्रहरीसँगको बयानमा उनले साहुको ऋण तिर्नको लागि नक्कली नोटको कारोबारमा लागेको बयान दिएका छन्।

२०७४ जेठ २० गते उनी नेपाली सेनाको मोची पदमा भर्ना भएका थिए। गत असोज २८ गते प्रहरी वृत्त दरवारमार्गको टोलीले उनलाई नक्कली नोट सहित पक्राउ गरेको थियो।

असोज २६ गते साँझ उनी गौशाला नजिकैबाट पठाओ बुक गरेर ठमेल गएका थिए। तर, दरबारमार्गमा महेन्द्र सालिकमा आएपछि पठाओ चालकलाई आफू त्यहिँ उत्रिने भने। त्यसपछि उनले पठाओ चालकलाई एक हजारको नोट थमाएका थिए। तर नोट नक्कली भएको शंका लागेपछि चालकले प्रहरीलाई खबर गरेका थिए।

‘आफूसँग भएको पैसा फोटोकपी गराई साहुको ऋण तिर्ने सोच बनाएर फोटोकपी गराएको हुँ,’ प्रहरीसँगको बयानमा भनेका छन्।

प्रहरीको अनुसन्धानमा उनले सुन्धारा सप्लायर्स नामक स्टेसनरीमा फोटोकपी गरेको देखिएको छ। प्रहरीले स्टेसनरीका संचालक विकल श्रेष्ठलाई समेत पक्राउ गरेको छ।-बिजमाण्डु

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖