• Friday 9th of October 2026

विश्वकप छनोट खेल्ने नेपाली टोली आज युएई जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं। फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान गर्दैछ।

नेपाली टोली आज दिउँसो ३ बजे युएई प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। नेपालले युएईसँग यही कात्तिक ३० गते दुबईमा खेल्दैछ । त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रंगशालामा यमनसँग खेल्नेछ।

विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन्। त्यस्तै विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको थियो।

यूएईसँग खेल्ने नेपाली खेलाडीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, ऐरिक विष्ट, र छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बू, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖