• Friday 9th of October 2026

काठमाडौंबाट दोलखा जाँदै गरेको गाडी सिन्धुपाल्चोकमा दुर्घटना, ४ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौंबाट दोलखा जाँदै गरेको गाडी सोमबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—६मा दुर्घटना भएको छ।

सुनकोशी गाउँपालिका—६ को आठकिलोमा गाडी दुुर्घटना हुँदा ४ जना घाइते भएको र उनीहरूको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

गाडी आफैं अनियन्त्रित भएको र सडकबाट करिब सय मिटर तल खस्न पुगेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖