• Thursday 8th of October 2026

छैठौँ विकेटका रुपमा १५ रन बनाउँदै पेभेलियन फर्किइन् कप्तान इन्दू बर्मा


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार आफ्नो छैठौँ विकेट गुमाएको छ ।

छैठौँ विकेटका रुपमा कप्तान इन्दू बर्मा स्टम्पिङ आउट भएकी हुन् । पेभेलियन फर्किनुअघि उनले १८ बलमा दुई चौकाको मद्दतले १५ रन बनाइन् ।

उनी आउट हुँदा नेपालले ७.५ ओभरमा ३२ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖