• Thursday 8th of October 2026

हङकङविरुद्ध निरीह नेपाली महिला टिम, २४ रन जोड्दा ६ विकेट पतन


  • धनकुटा खबर
  • .

काठमाडौं,३० कार्तिक । हङकङमा जारी ४ देश सहभागी टी-२० श्रृखंलाअन्तर्गत आफ्नो दोस्रो खेलमा आयोजक हङकङसँग खेलिरहेको नेपालले लज्जास्पद प्रदर्शन गरिरहेको छ ।

टस जितेर सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको नेपाली महिला टिमले लगातार विकेट गुमाईरहेको छ । ७ ओभरको समाप्ती हुँदा नेपालले २४ रन जोड्दै महत्वपूर्ण ६ विकेट गुमाईसकेको छ । नेपालका लागि सर्वाधिक ९ रन जोडेकी ओपनर सीता राना मगर छैटौं विकेटको रुपमा आउट भएसँगै नेपालको ब्याटिङ धरासायी बनेको छ ।

बुधबार भएको पहिलो खेलमा तान्जिनियासँग २७ रनले पराजित भएको नेपाललाई फाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दवाव रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖