• Friday 9th of October 2026

ज्यान मार्ने कसुरमा संलग्न रानालाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली


  • धनकुटा खबर
  • .

काठमाडौं, १ मंसिर । ज्यान मार्ने कसुरमा संलग्न आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीको खोजी सूचीमा रहेका राना बाँकेको जानकी गाउँपालिकाबाट पक्राउ परेका हुन् । प्रहरीले चलाएको गोली लागेर राना घाईते भएका छन् ।

खोजी सूचीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाउन परेको प्रहरीले बताएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ ।

पक्राउ गरेका रानाको समूहले कात्तिक ३० गते विहान कोहलपृुरस्थित चप्परगौडीमा मिनबहादुर विकलाई खुकुरी प्रहार गरी आक्रमण गरेका थिए । खुकुरी प्रहारबाट विक गम्भीर घाईते भएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖