• Friday 9th of October 2026

ओलीले प्रचण्डसँग भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि ज्यान छोडेर सडकमा जान्छौं’


  • धनकुटा खबर
  • .

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि ज्यान छोडेर सडकमा जाने प्रतिवद्धता व्यक्त गरेको बताएका छन् । आज (शुक्रबार) आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही समयअघि बोलाइएको १२ बुँदे पक्षधर दलका नेताहरुको बैठकमा ओलीले व्यवस्थाको रक्षाका लागि प्रतिवद्धता व्यक्त गरेको उनले बताए ।

‘मैले अस्ति भर्खरै यो परिवर्तका पक्षपातीहरु कहाँ नेर छन् भन्ने बुझ्नका लागिमात्रै १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधान सभा, संविधान सभाबाट संविधान घोषणाको बेलाका पार्टीका नेताहरुलाई बोलाएँ सिंहदरबार ।’ उनले भने, ‘के हामी टुलुटुलु हेरेर बस्ने अवस्था हो कि ? छाडा अराजकतालाई रोक्ने भन्नेबारेमा छलफल चलाएँ । एउटा कमिटमेन्ट मैले प्राप्त गरेँ– हामी जरुरी पर्यो भने गणतन्त्रको निम्ति, लोकतन्त्रको निम्ति र संघीयताको निम्ति सडकमा जान तयार छौं । अरुले त भने–भने प्रमुख प्रतिपक्षी दलका नेताले त अझ ज्यान छोडेर जान्छौं भनेर भन्नुभयो ।’

साथै, सरकारले जनताको पक्षमा काम गरिरहेको उनले बताए । सरकारले मिटरब्याजी समस्या समाधानका लागि ऐन बनाएर, श्रमिकहरुलाई सुरक्षा कोषमा आवद्ध गर्ने काम गरेर, प्रकृतिक विपत्तिमा उद्धार र राहत लगायतका जनताको पक्षमा राम्रा काम गरिरहेको उनले बताए । यो पटक गठबन्धन दल र सरकारले राम्रो गर्ने र राम्रो बाहेक केही नगर्ने संकल्प गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖