• Friday 9th of October 2026

काङ्ग्रेस पूर्व उपसभापति जयसवालको निधन


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली काङ्ग्रेस पर्साका पूर्व उपसभापति अशोक जयसवालको निधन भएको छ । काङ्ग्रेस पर्साका क्रियाशील नेता जयसवालको ५५ वर्षको उमेरमा निधन भएको हो ।

झन्डै सात वर्षदेखि ‘एमएन्डी’ नामक रोगले ग्रसित जयसवालको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिवार निकट स्रोतले जनाएको छ ।

रोगका कारण जयसवाल लामो समयदेखि शारीरिक रूपमा अशक्त भइसकेका थिए । यद्यपि चिकित्सकहरूको निगरानीमा भने उनको उपचार चलिरहेको थियो ।

अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको बुझिएको छ । उपचारको क्रममा उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

काङ्ग्रेस पर्साका पूर्व सचिव समेत रही सकेका जयसवाल पर्साको रामनगरी निवासी भए पनि उनी वीरगञ्ज – ११ रानीघाटमा बस्दै आएका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

जयसवालको आजै हिन्दू धर्म संस्कृति अनुसार अनितिम संस्कार गर्ने तयारी भइरहेको परिवार निकट स्रोतले जनाएको छ ।-यात्राडेलीबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖