• Friday 9th of October 2026

प्रधानमन्त्री -एक-दुई जना ‘लफङ्गा’ले ७० वर्षको उपलब्धिलाई हल्लाउन सक्दैनन्


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७० वर्ष लडेर ल्याएको उपलब्धिलाई गणतन्त्रका विरोधीहरूले कसैगरी पनि हल्लाउन नसक्ने दाबी गरेका छन्। शुक्रबार तनहुँको आँबुखैरेनीमा आयोजित अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू एक भएको पनि बताए।

‘७० वर्ष लडेर प्राप्त उपलब्धिलाई एक दुई जना हावा, एकजना नेताले भन्दै हुनुहुन्थ्यो, उहाँले ‘राजनीतिक लफंगा’ भन्नुभयो गणतन्त्रको विरोध गर्नेहरूलाई। अनि उनीहरूले गरेर यो सबै नेपाली जनताले बिर्सन्छ त? त्यो उल्टिन्छ त?सम्भव छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

आफूले पछिल्लो समय बढ्दै गएको अराजकताबारे सबै दलहरूसँग सर्वदलीय बैठकमा सोधेको स्मरण गर्दै भने,, ‘मैले राजनीतिक दलहरू कति परिवर्तनको पक्षमा छन् भन्ने बुझ्नका लागि बोलाएँ। हामी टुलुटुली हेरेर बस्ने कि यो छाडापन रोक्ने हो? भनेर सोधेँ।’

जवाफमा नेताहरूले आवश्यक परे सडकमा जान तयार भएको पनि बताएका छन्। ‘एउटा कमिटमेन्ट मैले प्राप्त गरेँ। हामी गणतन्त्र र लोकतन्त्रको निम्ति सडकमा जान तयार छौं भनेका छन्। अरु त अरु प्रमुख प्रतिपक्षी दलको नेताले अझै ज्यान छाडेर यसका विरुद्ध जान्छौं भन्नुभयो। विषय गहिरो छ। त्यति सजिलो छैन,’ उनले भने।

स्थानीय सरकार पनि सिहंदरबार नै रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश संरचनाहरू ब्यवस्थित बनाउने काम भइरहेको बताए। ‘एकथरी मान्छेहध जो हिजै गणतन्त्रविरोधी थिए। ती मानिसहरूले हलो अड्काउने, गोरु चुट्ने काम गरिरहेका छन्। ऐन बनाउन पनि तिनिहरूले नै रोकिरहेका छन्। मेरो ध्यान संविधानले परिकल्पना गरे अनुसारका सबै अधिकार तल दिँदा पनि भएन,’ उनले भने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖