• Friday 9th of October 2026

हृदयघातबाट सिंहको निधन


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषामा हृदयघात एक शिक्षकको मृत्यु भएको छ ।

बटेश्वर गाउँपालिका-१ स्थित श्री मटुक महतो रंकी देवी आधारभूत विद्यालयमा कार्यरत शिक्षक दिलीपकुमार सिंहको निधन भएको छ ।

५२ वर्षीय शिक्षक सिंहको मध्यराति हृदयबाट मृत्यु भएको उनका दाइ एवम् विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोले जानकारी दिए ।

राहत शिक्षकको रुपमा उक्त विद्यालयमा २२ वर्षदेखि कार्यरत सिंहको पठनपाठनमा प्रभावकारी भूमिका थियो । उनी संघर्ष समिति बटेश्वर गाउँपालिकाका अध्यक्ष थिए ।

मृतक शिक्षक सिंहको आजै हिन्दू परम्परा अनुसार अन्येष्टि गरिने परिवारजले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖