• Thursday 8th of October 2026

नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडाैँ । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ।

हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो।

नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्।त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्। ओपनर पूजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्।

बलिङतर्फ जापानकी एलिना कुसुदा क्विनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक एक विकेट लिए।

लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖