• Friday 9th of October 2026

नेपालगन्जका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो


  • धनकुटा खबर
  • .

नेपालगन्ज: काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ।

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहलेका अनुसार आज बिहान काठमाडौंबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको हो।

उनले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुन काठमाडौँ फर्काइएको जनाउँदै सो बिमान काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको बताए।

नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖