• Thursday 8th of October 2026

अस्ट्रेलियामाथि भारत अन्तिम बलमा विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ — भारतले हाइस्कोरिङ पहिलो ट्वान्टी-२० प्रतियोगितामा बिहीबार अस्ट्रेलियालाई अन्तिम बलमा दुई विकेटले पराजित गरेको छ । भारत जितका लागि अन्तिम ओभरमा दुई रन चाहिएकोमा लगातार तीन बलमा तीन विकेट गुमाएर दबाबमा आएको थियो ।

रिंकु सिंहले अन्तिम बलमा छक्का प्रहार गर्दै भारतलाई जित दिलाए र यो पछि नो–बल पनि घोषित गरिएको थियो । विश्वकप क्रिकेट २०२३ को फाइनलमा अस्ट्रेलियाले भारतलाई हराएको चार दिनपछि यो ट्वान्टी-२० खेल भएको हो ।

भारतका लागि सूर्यकुमार यादवले ४२ बलमा ८० रन बनाए र उनले इशान किसनसँग १ सय १२ रनको साझेदारी गरे । यससँगै भारतले आठ विकेटमा २ सय ९ रन बनाएको थियो । अस्ट्रेलियाले भने तीन विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो र त्यसमा जस इग्लिसले ५० बलमा १ सय १० रन जोडेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖