• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराजा ज्ञानेन्द्रलाई मूर्ति चोरको संज्ञा दिँदै गगन थापाको चूनौति : महाराज ! च्याँखे दाउमा होइन सिधै खालमा आऊ, कांग्रेस भिड्न तयार छ


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई च्याँखे थाप्ने काम नगर्न चेतावनी दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई च्याँखे दाउमा नभएर सिधै खालमा आउन आग्रह गरेका छन् । आफ्नो दल भिड्न तयार रहेको उनको चूनौति छ ।

आज (शनिबार) गुल्मीमा आयोजित पार्टीको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आक्रोश पोखेका हुन् । उनले राजतन्त्र फर्काउन मन भए सिधै चुनाव लड्न र बहुमत ल्याउन चूनौति दिए । उनले भने,‘नेपालको राजतन्त्र हामीले फालेको होइन,आफ्नै कर्मले गएको हो । माओवादीले हाम्रा साथीहरु काटिरहँदा माओवादीले कांग्रेस तह लगाउँछ भनेर सेना परिचालन गर्न नदिने यहि राजा होइन ?’

थापाले राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसका प्रत्येक साथीले भन्न सक्नुपर्छ च्याँखे दाउको खालमा नपस भन्नुपर्ने सुझाव दिए । उनले भने,‘राजालाई पनि म भन्न चाहान्छु,महराज च्याँखे दाउमा होइन सिधै खालमा आऊ । बकाइदा भिड्न तयार छ कांग्रेस । दल खोल,चुनाव लडेर दुई तिहाई ल्याऊ संविधान परिवर्तन गर ।’

उनले पूर्वराजा ज्ञानेन्द्रलाई मूर्ति चोरको समेत संज्ञा दिएका छन् । यस्ताले देशको धर्म नजोगाउने उनको टिप्पणी छ । उनले भने,‘मौका पर्दा मन्दिरका मुर्ति चोर्नेले सनातन धर्मको रक्षा गर्दैन्, सनातन धर्म, संस्कृतिको रक्षा गर्न कांग्रेस सक्षम छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖