• Thursday 8th of October 2026

कुशल मल्लको अलराउन्ड प्रदर्शनमा आर्मीको जित


  • धनकुटा खबर
  • .

केपी ओली टी-२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।

आर्मीले सोमबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीको निलो टिममाथि ११० रनको जित निकालेको हो।

समूह ‘डी’ को यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ६ विकेटको क्षतिमा १९५ रन जोड्यो।
आर्मीका लागि सन्तोस कार्कीले ४१ रन र कप्तान विनोद भण्डारीले ३८ रन जोडे।

कुशल मल्लले २१ बलमा ३ छक्काको मद्दतमा २५ रन र विवेक यादवले १२ बलमा ३ चौका र २ छक्काको मद्दतमा नटआउट २९ रन जोडे।

बलिङमा मदन भण्डारीका मोहील श्रेष्ठले २ विकेट लिए।

१९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा ८५ रनमा अलआउट भयो। उसका लागि निर्भिक पाठकले सबैभन्दा बढी २८ रन बनाए।

बलिङमा आर्मीका कुशल मल्लले ३ विकेट लिए। उनले १.४ ओभर बलिङ गर्दा २ रन मात्र खर्चिए। जितेन्द्र मुखिया र साहब आलामले २-२ विकेट लिए।

त्यसअघि आजै भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖