• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ओलीको पालामा बनेको सिंहदरबार कार्यालय प्रचण्डले गराए अवलोकन


  • धनकुटा खबर
  • .

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गरेका छन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।

आफ्नो पालामा नयाँ डिजाइनसहित पुन:निर्माण गरे पनि बस्न नपाएको कार्यालय उनले प्रचण्डसँगै अवलोकन गरेका हुन् । मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदबार पुगेका ओलीलाई प्रचण्डले नयाँ कार्यकक्ष र कार्यालय भवनको अवलोकन गराए ।

ओलीको पालामा निर्मित अत्याधुनिक कार्यालयको उद्घाटन भने प्रचण्डले गरेका थिए । अहिले प्रधानमन्त्री कार्यालय त्यहिँबाट सञ्चालन भइरहेको छ । ओलीलाई मुख्य सचिव बैकुण्ठ अर्यालले ब्रिफिङ गरेका थिए ।

ओलीले बाहिरी र भित्री कक्षहरूको ‘थ्रिडी एनिमेसन’ सहितको उक्त भवन अवलोकन गरे ।युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाएर आफ्नो निजी निवासका रूपमा सिंहदरबार बनाएका थिए। भूकम्पपछि यो भवन भत्काउने या मर्मत गर्ने विषयमा विवाद भएकाले पुनर्निर्माण कार्य रोकिएको थियो । तर, पुरातात्त्विक महत्त्व कायम हुनेगरी सिंहदरबारको प्रबलीकरणका लागि तत्कालीन प्रम ओलीले निर्देशन दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖