• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अब प्रतिकिलो १ हजार १२५ रुपैयाँमा च्याङ्ग्रा पाइने


  • धनकुटा खबर
  • .

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि किनेको च्याङ्ग्रा प्रतिकिलो १२५ रुपैयाँ मूल्य घटाएर बिक्री गर्ने भएको छ । योसँगै दशैंमा १ हजार २५० रुपैयाँ प्रतिकिलोमा च्याङ्ग्रा बिक्री गरेका च्याङ्ग्रा अब भने प्रतिकिलो १ हजार १२५ रुपैयाँमा पाइनेछ ।

लामो समयदेखि बिक्री नभएर बसेका ९० वटा च्याङ्ग्रालाई अब जुनसुकै व्यापारी वा ग्राहकले जति वटा पनि खरिद गर्न सक्ने गरी बिक्री गर्ने र मूल्य पनि घटाइएको कम्पनीले जनाएको छ । यसअघि प्रतिउपभोक्ता एउटा मात्रै च्याङ्ग्रा किन्नु पर्ने व्यवस्था थियो ।

अहिले खोरमा रहेको च्याङ्ग्राको औसत जिउँदो तौल ३० देखि ३५ किलोको बीचमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖