• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाए – निर्वाण चौधरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको बताएका छन् । पछिल्लो समय एनसेल प्रकरणले बजार तताएसँगै चौधरीले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठन चिन्न पाएको बताएका हुन् ।

उनले सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि नेपाली कम्पनीलाई स्वीकृति नदिइएको गुनासो गर्दै त्यसको रहस्योद्घाटन अहिले भइरहेको बताएका हुन् ।

अझै अगाडि हेर्दै जाँदा के के देख्न पाइने हो भन्दै एनसेल काण्डमा पनि तिनै पात्रहरू संलग्न रहेको दाबी गरेका छन् जसले नेपाली टेलिकमलाई दश वर्षदेखि स्थापित हुन दिएनन् ।

सीजी टेलिकम रोक्ने माफिया र संगठन छताछुल्ल हुँदै जाने भन्दै उनले देशमा अहिले ‘तँ कुटेजस्तो गर् म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको पनि आरोप लगाए ।

अर्थात् अहिले चलिरहेको एनसेल काण्ड र त्यसपछि भइरहेका गतिविधिले निकाश नदिने संकेत उनले गरेका छन् । सामाजिक सञ्जालमा बिहीबार लेख्दै उनले टेलिकमको माफिया र संगठन पहिलेदेखि नै सल्बलाइरहेको भए पनि अहिलेमात्र जनताले चिन्न पाएको बताएका हुन् ।

यस्तो लेखेका छन् सीजीका प्रबन्ध निर्देशक चौधरीले सामाजिक सञ्जालमा‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृत िदिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो ! एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖