काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको छैटौँ विकेट लिएको छ ।
अफगानिस्तानको छैटौं विकेट पनि सुवाष भण्डारीले नै लिएका हुन् । उनले अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद युनुस जदरानलाई दिपक बोहराद्वारा क्याच गराएका हुन् ।
युनुस जदरान दुई रनभन्दा अगाडि बढ्न सकेनन् । युनुस जदरान आउट हुँदा अफगानिस्तानले ४३.३ ओभरमा दुई सय १९ रन बनाएको छ ।
