एसिसी यू-१९ एसिया कपमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन्।
कुमालले ७५ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे। उनले ३१औं ओभरमा अर्धशतक पूरा गर्दा नेपालले १४२ रन जोडे पनि ७ विकेट गुमाइसकेको छ।
नेपालले १९औं ओभरमा लगातार दुई विकेट गुमायो। १८.३ ओभरमा उत्तम मगर ४ रनमा र दुई बलपछि आकाश त्रिपाठी शून्यमा आउट भए। दुवैलाई अफगानिस्तानका मारूखीले एलबिडब्लूको धरापमा पारेका थिए। यस्तै गुल्सन झा १७ र दिपेश कँडेल ११ रनमा आउट भए।
त्यसअघि कप्तान देव खनाल २४ रन जोडेर आउट भएका छन्। उनले ३७ बल खेल्दा १ चौका प्रहार गरे।
नेपालले सात ओभरभित्रै दुई विकेट गुमाएको थियो। ओपनिङ ब्याटर विपिन रावल पहिलो ओभरको चौथो बलमा फारुदूनको बलिङमा विकेट पछाडि शून्यमा क्याच भए। यस्तै ६.१ ओभरमा दिपक बोहरा १३ बलमा १५ रनमा जोडेर आउट भए। उनी पनि फारुदूनकै बलमा आउट भए।
