• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ : लोसपा महासचिव


  • धनकुटा खबर
  • .

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव अनिल महासेठले लोसपाले सबै तहका सरकारबाट समर्थन फिर्ता लिनुपर्ने बताएका छन्।

सशस्त्र प्रहरीका असइ थमन विक हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा लगायतलाई महोत्तरी जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएपछि महासेठको यस्तो धारणा सार्वजनिक भएको हो।

‘अदालतको निर्णयपछि पार्टीले सबभन्दा पहिला सबै तहको सरकारबाट समर्थन फिर्ता लिनु पर्छ,’ महासेठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिगतमा पनि तत्कालीन राजपा पार्टी हुँदा रेसमलाल चौधरीको बारेमा कैलाली जिल्ला अदालतको दुर्भाग्यपूर्ण फैसलापछि तत्कालीन सरकार बाट समर्थन फिर्ता लिएको नजिर छ।’

उनले पहिला आफ्नो पार्टी सरकारबाट फिर्ता भएमात्र समान बिचार भएका अन्य पार्टी र शक्तिसँग यस प्रकरणमा सहकार्य हुन सक्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖