• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रिहा भए पूर्वगृहमन्त्री खाण


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् ।

सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्‍याइएका खाणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो । खाण छुटिसकेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणलाई उच्च अदालत पाटनले बिहीबार ३० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको रकम बुझाएका खाणलाई त्यसपछि सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार पुर्‍याइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖