काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङका पुत्र सुहाङ पनि पार्टीको संकल्प यात्रामा सामेल भएका छन् ।
एमालेले सुरु गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लाेकमार्ग संकल्प यात्राका क्रममा बुबा सुवासको जन्मथलो पाँचथरबाट सुहाङ पनि सहभागी भएका हुन् ।
पाँचथरको फिदिममा आयोजित आमसभामा पुगेका सुहाङलाई फुलमालाले स्वागत गरिएको थियो । एमालेले संकल्प यात्राको अन्तिम सभाको रुपमा फिदिममा आमसभा गरिरहेको छ ।
