• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हाच्छ्युँ रोक्न खोज्दा घाँटीमा प्वाल


  • धनकुटा खबर
  • .

डन्डी । हाच्छ्युँ रोक्न खोज्दा एक ३० वर्षीय पुरुषको श्वासनलीमा प्वाल परेको अनौठो घटना बाहिरिएको छ । ती व्यक्तिले हाच्छ्युँ रोक्नका लागि नाक र मुख बन्द गर्दा यस्तो घटना भएको हो ।

गाडी चलाइरहेका बेला नाम नखुलाइएका ती व्यक्तिले हाच्छ्युँ रोक्ने प्रयास गरेका थिए । त्यसलगत्तै उनलाई असैह्य पीडा भएपछि उनलाई स्कटल्याण्डको डन्डीस्थित नाइनवेल्स अस्पताल लगिएको थियो ।

डाक्टरहरूका अनुसार यस्तो गर्दा माथिल्लो श्वासनलीमा २० गुणा बढी दबाब पदर्छ । यसले कानको जालीदेखि करङसम्म असर पुग्छ । ती व्यक्तिको हकमा भने उनको श्वासनलीमा २ मिलिमिटर लामो प्वाल परेको थियो ।

अस्पतालको इमर्जेन्सीमा पुग्दा ती व्यक्ति निकै पीडामा थिए । उनको घाँटी सुन्निएको थियो भने घाँटी पनि चलाउन सक्ने अवस्थामा थिएनन् । जब डाक्टरहरूले उनको प्रारम्भिक जाँच गरे घाँटीमा अनौठो आवाज सुने र तत्कालै थप जाँच सुरु गरे । भाग्यवश यसले उनको श्वासप्रश्वास, खानपान वा बोल्नमा असर पुगेको थिएन ।

समस्या पत्ता लगाएपछि उनलाई पेनकिलर र औषधी दिएर घर पठाइएको थियो । पाँच हप्तापछि सो घाउ निको भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖