• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यसरी गरियो ११ वर्षीय बालकको हत्या


  • धनकुटा खबर
  • .

मधेस प्रदेशको केन्द्र जनकपुरधाममा एक एघार वर्षीय बालकको हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका – १२ हनुमाननगरस्थित आफ्नो मामाको घरमा बस्दै आएका अन्दाजी १०/११ वर्षीय बालक आदित्य ठाकुरको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रवार साँझदेखि हराइरहेका बालक हनुमाननगरमै घाइते अवस्थामा फेला परेका थिए ।

घाइते बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनको उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन अवाले जानकारी दिए ।

डिएसपी अवाका अनुसार बालक फेला पर्दा उनको अनुहारमा चोटपटक लागेको थियो भने कानबाट रगत समेत बगेको थियो । प्रहरीले अनुसन्धानकै क्रममा दुई जनालाई नियन्त्रणमा समेत लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖