• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गाँजा खेतीलाई वैधानिकता दिनुपर्छः मन्त्री थापा


  • धनकुटा खबर
  • .

गण्डकी : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी ऐन ल्याउने तयारी गरिरहेको मन्त्री थापाले उल्लेख गरे।

‘रोजगारी सिर्जना र आर्थिक विकासका लागि गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ, प्रदेश सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि समितिसमेत गठन गरेको छ,’ मन्त्री थापाले भने, ‘प्रदेशले गाँजा खेतीसम्बन्धी ऐन बनाउँछ, पछि सङ्घीय ऐन बनेर कानुन बाझियो भने सोहीअनुसार प्रदेश सरकार अगाडि बढ्छ।’

मन्त्री थापाले घरेलु मदिरालाई पनि गुणस्तर र मापदण्ड कायम गरेर उत्पादन र बजारीकरणलाई खुला गर्नुपर्ने धारणा राखे। उनले वनमा आधारित उद्यम विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। उनले विदेशबाट काठ निर्यात गर्नुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गरे। जडीबुटी सङ्कलन, प्रशोधन र उत्पादन सहज हुनेगरी ऐन ल्याइएको मन्त्री थापाले बताए। सङ्घीयताको औचित्य पुष्टि गर्नेगरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖